फूललाइ कहिल्यै भनेन काडाले "असल"
त्यसैले होला घोचिरह्यो पल पल
र सधैं दुखिरह्यो फूल
दुख्दा पनि दुख्यो भनेन उस्ले
र आँसु देखाएन
बरु शीतसगै मिलेर बाचिरह्यो उ
काडाले भने फूललाइ घोचिरहन पाउनुमा
आफुलाइ बहादुरी सम्झिरह्यो
फूल आँसु पिएर पनि बाचिरह्यो
लत्रीएन र झुकेन कहिले पनि ।
एक दिन-
जव झर्छ फूल डालीबाट
काडाहरु -हागामा एक्लै एक्लै
रित्तिएर बाचेको देखियो र
भुइँबाट फूलले काडालाइ भन्यो-
"असल देखेर तिमीहरुसग सम्बन्ध राखे
तर नतिजा खराब निस्कियो
म भैमा झरे पनि सुवास तिमीहरू तर्फ फर्कदै छ
म फेदमै छु र यहि बोटलाइ अझै माया गरिरहने छु
मित्रहरू हो ! मलाई एकदिन मात्रै फूल बनेर देखाउ"
प्राकृतिक कुरा ।
काडा कहिल्यै फूल बन्न सक्तैन यहाँ ।।
- लक्ष्मण सिटाैला ( केन्द्रीय सदस्य, विवेकशील साझा पार्टी)
कान्तिपुर, टाेखा-११, २०७९ जेष्ठ १२ ।।