चुनावका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुने

बैशाख १५, २०७९ मा प्रकाशित | 595 views

काठमाडौँ । बैशाख ३० गते हुने पालिका चुनाव अन्तर्गत मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । मनोनयनपत्र जाँचसँगै उम्मेदवारविरुद्ध परेका उजुरीहरुको छानबिन गरी निर्णय गरेर आज बेलुकी पाँच बजेसम्म नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची छ ।

भोलि १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web