नेपाल खेलकुद महासङ्घको सुर्यगढी र बिदुरमा प्रथम भेला तथा अधिबेशन सम्पन्न

बैशाख ११, २०७९ मा प्रकाशित
Published at 2022-04-24

650 views

बिदुर । जनबर्गिय संगठन नेपाल खेलकुद महासङ्घ सुर्यगढी गाउपालिकाको पालिका स्तरीय प्रथम भेला सम्पन्न भएको छ ।

भेलाले बिजय गुरुङको संयोजकत्वमा ११ सदस्यीय पालिका कमिटी गठन गरेको छ । पालिका कमिटीको सहसंयोजकमा पुर्णबहादुर तामाङ, सदस्यहरुमा आयुष तामाङ, अमर तामाङ, सन्दिप तामाङ, बुद्ध तामाङ, रञ्जित खनाल, संजय तामाङ, बिजय तामाङ र भुबन गुरुङ चयन हुनुभएको छ ।

सुर्यगढी गाउपालिका वडा नं ३ चोकदेमा सम्पन्न प्रथम भेलाले अब दोस्रो बैठकबाट सुर्यगढी गाउपालिका स्तरिय कमिटीलाई पुर्णता दिने निर्णय गरेको नेपाल खेलकुद महासङ्घका केन्द्रिय सदस्य एबं जिल्ला सह–ईन्चार्ज रमेश बिश्वकर्माले जानकारी दिनुभएको छ ।

यसैगरी, नेपाल खेलकुद महासङ्घ बिदुर नगरपालिकाको प्रथम कार्यकर्ता भेला तथा अधिबेशनले सुमन आलेमगरको अध्यक्षतामा २० सदस्यीय नगर कमिटी सर्बसम्मत रुपमा चयन गरेको छ ।

बिदुर स्थित नेकपा एमाले पार्टी कार्यालयमा सम्पन्न भेलाले नगर कमिटीको उपाध्यक्षमा श्रीकृष्ण श्रेष्ठ, महिला उपाध्यक्षमा स्वस्तिका अर्याल, सचिबमा बिबेक थापामगर, सह–सचिबमा साबित्री कुमाल र कोषाध्यक्षमा बिकास तामाङलाई चयन गरिएको छ ।

 

यस्तै, सदस्यहरुमा हरिबहादुर कुमाल, रबि सुनार, आनन्द तामाङ, श्रीराम आलेमगर, कबिन तामाङ, जीबन रिमाल, महेन्द्र श्रेष्ठ, रबिन्द्र थापामगर, बिकेश श्रेष्ठ, राजन कुमाल, केशब श्रेष्ठ, रबिन थापामगर, अशोक तामाङ र आयुष बि. क रहुनभएको नेपाल खेलकुद महासङ्घका केन्द्रिय सदस्य एबं जिल्ला सह–ईन्चार्ज रमेश बिश्वकर्माले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.