आईपीएल क्रिकेटमा दिल्लीले कोलकातालाई हरायो

चैत्र २७, २०७८ मा प्रकाशित
Published at 2022-04-10

392 views

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४४ रनले हराएको छ ।

मुम्बईमा दिल्लीले दिएको दुई सय १६ रनको लक्ष्य पछ्याएको कोलकाता तीन बल बाँकी छँदै एक सय ७१ रन बनाउँदा अलआउट भयो । कोलकत्ताका श्रेयर अय्यरले सर्वाधिक ५४ रन बनाए । यस्तै नितिश रानाले ३० रन जाेडे । बलिङतर्फ दिल्लीका कुलदीप यादवले चार र खालिल अहमदले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले पाँच विकेट गुमाएर दुई सय १५ रन बनायो । उसका लागि डेभिड वार्नरले ६१ र पृथ्वी शावले ५१ रन बनाए । बलिङतर्फ काेलकाताका सुनिल नरायनले दुई विकेट लिए ।

आजकाे खेल हारेकाे काेलकाता पाँच खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा कायमै छ, दिल्ली भने चार खेलमा चार अङ्कसहित छैटाैँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.