नेपालले मलेसियालाई ८५ रनले हरायो

चैत्र १९, २०७८ मा प्रकाशित
Published at 2022-04-02

571 views

काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ८५ रनले हराएकाे छ ।

नेपालले दिएकाे दुई सय २४ रनकाे लक्ष्य पछ्याएकाे मलेसिया १९ ओभर पाँच बलमा एक सय ३८ रनमा अलआउट भयाे । मलेसियाका लागि वीरनदीप सिंहले ४७ र अहमद फैजले ३३ रन बनाए । बलिङतर्फ सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए । यस्तै कुशल भुर्तेल र राेहित पाैडेलले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २३ रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५७ बलमा ६ छक्का र १० चाैकाकाे मद्दतमा नटआउट एक सय १० रन बनाए । यस्तै राेहित पाैडेलले ५१ रन बनाए ।

बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद आमिरले एक–एक विकेट लिए ।

आजकाे खेलमा मलेसिया पराजित भएसँगै पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुगेकाे छ । मलेसिया र पीएनजीकाे समान दुई अङ्क रहे पनि नेट रनरेटकाे आधारमा पीएनजी फाइनलमा पुगेकाे हाे । नेपाल भने यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल आउँदाे साेमवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.