नेपाल खेलकुद महासंघको नुवाकोट ईन्चार्जमा श्रेष्ठ र सह–ईन्चार्जमा बिश्वकर्मा चयन

चैत्र ६, २०७८ मा प्रकाशित | 823 views

विदुर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठकले केन्द्रिय सदस्य सहित नुवाकोटको जिल्ला ईन्चार्जमा कमल श्रेष्ठ र सहइन्चार्जमा रमेश बिश्वकर्मालाई चयन गरेको छ ।

फागुन २९ गते नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको बैठकले नुवाकोट सहित बिभिन्न जिल्लामा पदाधिकारी चयन गरेको हो । “खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिको लागी जनस्बास्थ्य हाम्रो सरोकार” भन्ने नारा सहित बसेको नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठकले विभिन्न एजेन्डामा छ्लफल गर्नुका साथै संघको भावी एजेन्डा तय गर्ने योजना बनाएको छ ।

स्थानीय तहको निर्बाचनलाई सफल बनाउन महासंघले स्थानीय निर्बाचन परिचालन अभियानको संयोजक निवर्तमान उपमहासचिव आयोजक कमिटीका सदस्य धरमबहादुर लामाको नेतृत्वमा सबै प्रदेशका अध्यक्षहरु खेल संघका अध्यक्ष जिल्ला र पालिकाका अध्यक्षहरु सदस्य रहने गरी १ हजार १ सदस्यीय निर्वाचन परिचालन अभियान घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web