राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको आयोजनामा ११ जनाबाट रक्तदान

त्रिशूली । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ११ जना दाताले रक्तदान गरेका छन् । नुवाकोटको ढुङ्गे स्थित स्टार अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटका सँस्थापक अध्यक्ष एवं पूर्व जिल्ला अध्यक्ष दामोदर खतिवडा सहित ११ जना दाताले रक्तदान गरेका छन् ।

May be an image of 7 people and people sitting
रक्तदान कार्यक्रममा सहभागी दाताको मनोबल बढाउन तथा रक्तादान प्रति सकारात्मक सन्देश प्रवाहको लागी जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, स्टार नुवाकोट अस्पतालका सञ्चालक राजु अमात्य, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्रकुमारी बस्नेत लगायतको सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रम सञ्चालनको लागी नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा मार्फत सञ्चालनमा रहेको रक्त सञ्चार केन्द्र कोलनीले प्राविधिक सहयोग पुराएको थियो ।

May be an image of 2 people and people standing

प्रतिक्रिया

TOP