दुर्घटना कम गर्नेतर्फ ध्यान दिन राष्ट्रपतिको आग्रह

फाल्गुन २६, २०७८ मा प्रकाशित | 325 views

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना कम गर्नेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

सङ्खुवासभाको मादीमा आज बिहीवार भएको बस दुर्घटनामा १५ जना यात्रुको ज्यान गएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

केहीबेरअघि ट्वीट गर्दै राष्ट्रपतिले ‘सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु’, भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web