नेपालले श्रीलङ्का पुलिसलाई १ सय ४४ रनले हरायो

फाल्गुन २६, २०७८ मा प्रकाशित
Published at 2022-03-10

149 views

काठमाडौँ । श्रीलङ्कामा भइरहेको तेस्रो अभ्यास खेलमा पनि नेपाली राष्ट्रिय क्रिकेट टोली विजयी भएको छ । आज बिहीवार कोलम्बोमा भएको खेलमा नेपालले श्रीलङ्का पुलिसलाई एक सय ४४ रनले हरायो ।

नेपालले दिएको तीन सय ३२ रनको लक्ष्य पछ्याएको श्रीलङ्का पुलिस ३६ ओभर पाँच बलमा एक सय ८७ रन बनाउँदा अलआउट भयो । बलिङतर्फ नेपालका करण केसीले चार तथा सागर ढकाल र सन्दीप लामिछानले दुई–दुई विकेट लिए । यस्तै कमलसिंह ऐरीले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३१ रन बनायो । नेपालका चार जना खेलाडीले अर्धशतक बनाए । कुशल भुर्तेलले ५७, आशिफ शेखले ५२, रोहितकुमार पौडेलले ७२ र करण केसीले नटआउट ५३ रन बनाए । कमलसिंह ऐरी ४५ रनमा नटआउट रहे भने आरिफ शेखले ३५, विनोद भण्डारी र पवन सर्राफले तीन–तीन तथा भीम सार्कीले दुई रन बनाए ।

नेपालले यसअघि भएका दुई वटै खेलमा श्रीलङ्का नेभीलाई हराएको थियो । अन्तिम अभ्यास खेलमा भोलि शुक्रवार नेपालले श्रीलङ्का संयुक्त ११ सँग खेल्नेछ । भोलिको खेलमा श्रीलङ्काको राष्ट्रिय टोलीका केही पूर्वखेलाडी पनि सहभागि हुनेछन् ।

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत यूएईमा हुने एकदिवसीय शृङ्खलाकाे तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा अभ्यास खेल खेलेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.