फेब्रुअरी महिनामा १९ हजार पर्यटक नेपाल आए

फाल्गुन १९, २०७८ 2022-03-03 मा प्रकाशित
Published at 2022-03-03

620 views

काठमाडौँ । फेब्रुअरी महिनामा झन्डै २० हजार जना पर्यटक नेपाल आएका छन् । गएकाे महिनामा नेपालमा विभिन्न देशबाट १९ हजार सात सय ६६ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यो गएकाे वर्षको फेब्रुअरीकाे तुलनामा एक सय १६ प्रतिशतले धेरै हो । सबैभन्दा धेरै भारतबाट पाँच हजार नौ सय ९८ जना पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकाबाट तीन हजार एक सय ९५ जना र बेलायतबाट दुई हजार दुई सय १७ जना पर्यटक आएका छन् ।

समग्रमा युरोपबाट गएकाे महिना चार हजार आठ सय १३ जना पर्यटक आएका छन् भने अमेरिकी देशबाट तीन हजार ६ सय १४ जना पर्यटक आएका छन् । एसियाली देशबाट नौ सय पाँच जना मात्रै आएका छन् ।

यो वर्षको पहिलो महिना जनवरीमा १७ हजार जना पर्यटक नेपाल घुम्न आएका थिए । भारतबाट हवाई मार्ग हुँदै आउने भारतीयलाई नेपालले पर्यटकको रूपमा गणना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.