विदुर । विदुर नगरपालिका वडा नं. ११ मा रहेको दुधेगढी स्थित दुधेलामा कालिका मन्दिरमा सामुहिक पूजापाठ गरिएको छ । प्याकुरेल सेवा समाजको आयोजनामा ऐतिहासिक तथा धार्मिक महत्वको रहेको कालिका मन्दिरमा श्रीमद् भागवत गिता पाठ पारायण होम, होमादी रुद्री लगाययतका सामूहिक रुपमा पूजापाठ गरिएको हो ।
प्याकुरेल सेवा समाजका सचिब रामप्रसाद प्याकुरेलका अनुसार पछिल्लो १५ वर्षदेखि दुधेगढीको संरक्षणको लागी सञ्चालन गर्दै आएको पूजा आरधना अन्तरगत यसवर्ष पनि ब्रामह्ण समूह मार्फत विभिन्न धार्मिक क्रियाकलाप गरिएको छ । नेपाल तिब्बत युद्धको समयमा नेपाली सेनाहरुको किल्लाको रुपमा रहेको दुधेगढी सहित जीतगढी, गेर्खुगढी, चन्द्रगढी र सूर्यगढी एउटै श्रृङ्खलामा पर्ने भएकाले पनि दुधेगढी र कालिका मन्दिरको महत्व नेपाली इतिहासको लागी सरक्षण र प्रचारको लागी धार्मिक गतिविधि मार्फत सहयोग पुराउदै आएको प्याकुरेल सेवा समाजका सचिव रामप्रसाद प्याकुरेलले जानकारी दिनुभएको छ ।

प्रत्येक बर्ष फागुन १७ गते सञ्चालन हुने सामुहिक पुजापाठमा ईच्छाएको सबै मनोकामना पुरा हुने धार्मिक बिश्वास रहेको छ । यसैगरी, मानिस बिरामी तथा दुखमा पर्दा दुधेलामा कालिकादेवीलाई नरिबल, हाँस, बोका, परेवा, कुखुराको बली चढाई पुजा गर्ने परम्परा रहेको छ ।

दुधेगढी स्थित दुधेलामा कालिका मान्दिर निर्माणको लागी आर्थिक सहयोग संकलनको लागी समेत टेवा पुराउने उद्देष्यले सञ्चालन गरिएको श्रीमद् भागवत गिता पाठ पारायण होम, होमादी रुद्री लगायतका सामूहिक रुपमा पूजा आरधनामा ७०० भन्दाबढी स्थानीय भक्तजनहरुको उपस्थिती रहेको थियो ।

पछिल्लो समय ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको गढीको प्रचारप्रसार ओझेलमा परेकोले स्थानीय बासिन्दा आफै उक्त गढीको संरक्षण तथा प्रर्बद्धनको लागी जागरुक भएर लागेका छन् ।
23.12¡ÆC