आर्मी ए डिभिजन लिगको उपविजेता

फाल्गुन १४, २०७८ मा प्रकाशित | 441 views

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो स्थान हासिल गरेको छ । आज भएको आफ्नो अन्तिम लिग खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेसँगै आर्मीले दोस्रो स्थान हासिल गरेको हो ।

खेलमा मनाङका लागि कप्तान अन्जन विष्टले गोल गरे भने मनाङका डिफेन्डर फ्रान्कलिनले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको हो । यस बराबरीसँगै आर्मीले १३ खेलमा २३ अंक जोड्दै आर्मी लिगको उपविजेता बन्यो । लिगको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । मनाङले १२ खेलमा २१ अंक जोड्यो । मनाङले पाँचौं स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web