ए डिभिजन लिग : दुवै खेल बराबरीमा सकियाे

फाल्गुन १४, २०७८ मा प्रकाशित | 704 views

काठमाडौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रवार भएका दुवै खेल बराबरीमा सकिएकाे छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लब तथा सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लबबीचको खेल बराबरीमा सकिएकाे हाे ।

दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलका लागि सुनिल खड्का र सङ्कटाका लागि उत्तम राईले गोल गरे । सङ्कटाले लिगमा १३ खेलबाट १६ अङ्क जोड्यो । यता जावलाखेलले १३ खेलबाट १४ अङ्क जोड्यो ।

यस्तै एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा ब्रिगेडका लागि प्रशान्त तामाङ र थ्रीस्टारका डोना थापाले गोल गरे । यस बराबरीसँगै थ्रीस्टारले १३ खेलमा १९ अङ्क जोडेको छ । ब्रिगेड व्वाइजले १३ खेलमा आठ अङ्क जोड्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web