एउटा यस्तो दर्दनाक प्रेम जोडीको आत्महत्या, चिठिमा लेखे-‘एउटै चितामा जलाउनु’

असार १३, २०७३ मा प्रकाशित | 1898 views

१३ असार, झापा ।
केरावारी २ स्थित मच्छिन्द्र उमाविको छेउमा घर भएकी १७ वर्षिय रक्षा भण्डारीले मामाघरमा गई सिलिङको बलोमा झुण्डिएर आत्महत्या गरिन् । उनको आत्महत्या वारे विभिन्न अडकल बाजी भए । घर परिवार आफन्तमा विभिन्न संका उब्जियो ।

घट्नालाई स्वभाविक रुपमा लिएर शव पोष्ट मार्टम गर्न लगियो । मृत्युको कारणवारे यथेष्ट प्रमाण नभेटिए पछि दाहसंस्कार गर्ने तयारी भइरहेको थियो । शुक्रवार मध्यान्ह दाहसंस्कार स्थलमा दागवति दिने तयारी भइरहेको थियो । अचानक फोन आयो एकजना युवकले पनि आत्महत्या गरे रे । सवैको ध्यान फेरी युवकको घट्नातिर मोडियो । अधिकांस मलामीहरु घट्नास्थल तर्फ लागे । छर छिमेकी सवैको बाक्लो भिड लागिसकेको थियो । उनको मृत्युको खवर सुन्ने बितिकै मलामी गएकी आमा आइन खै कहा छ मेरो छोरो भन्दै उनी भक्कानिदै तलामाथि कोठामा पसिन तर छोराको प्राण पखेरु उडिसकेको थियो । केही छिनपछि उनीपनि अचेत वनिन् ।

प्रायस मानिसहरु आवेगमा आएर आत्महत्या गर्छन् । कतिपय जीवनदेखि हरेस खाएर आत्म ग्लानीका कारण आत्महत्या गर्न पुग्छन् । आत्महत्या आफैमा अस्वाभाविक मृत्यु हो ।। जीवन देखि कावा खाएका हिम्मत हारेका मान्छेले मात्र आत्महत्या गर्छन भन्ने हाम्रो समाजको मान्यताका कारण पनि आत्महत्यालाई कसैले राम्रो मान्दैनन् तर केरावारीमा शुक्रवार २४ घण्टाभित्र एउटा यस्तो घट्ना घट्यो जुन आवेगमा नभएर चोखो माया प्राप्तिको लागि थियो ।

कुनै विश्वविश्ख्यात प्रेमी प्रेमिकाको माया प्रेम जस्तो झल्को दिने ती युवा युवतिको अस्वाभाविक घट्नाले अविभावकलाई सचेत मात्र गराएन मृत्यु भन्दा ठूलो प्रेम नै हुदो रहेछ भन्ने सन्देश समेत दिलाए । झट्ट सुन्दा सामान्य झै लागेपनि घट्नाको कारण केलाउँदा विश्वविख्यात प्रेमी प्रेमिका रोमियो र जुलियटको झै लाग्ने दुइ युवतिको आत्महत्याले यो साता केरावारी निकै सनसनी वन्यो । केरावारीमा यस अघि कुनै यस्तो घट्ना नघटेको र नसुनेका कारणले पनि हुन सक्छ घट्नास्थलमा धेरै युवायुवतिको भिडभाड समेत लागेको थियो ।

आफनो प्रेमिकाले आत्महत्या गरेको खवर पाएपछि निरास बनेका केरावारी ४ का १८ वर्षिय युवा खेमप्रसाद वरालले वहिनीवाट लिएको ३०० रुपैया सापटी रकम समेत फिर्ता गरिदिएको भनि अविभावकलाई सम्वोधन गर्दै लेखेको सुसाइट नोटले अझ वढी जो कोहीलाई स्तव्ध वनाएको थियो । अनि हाम्रो प्रेम अमर बनाउन म १२ः१० वजे मर्दैछु भनि सुसाइट नोट लेखेरै आफनो जीवनको अन्तिम इच्छा पुरा गर्न आत्महत्या गरेको वताएका छन् ।

केरावारी २ कि १८ वर्षिय रक्षा भण्डारी र सोही गाविसको वडा नम्वर ४ मा बस्ने २० वर्षिय खेमप्रसाद बरालले यसैवर्ष संगै एसएलसी उतिर्ण गरेका थिए । एक वर्ष अघि देखि टुसाएको उनीहरुको प्रेमसम्वन्ध यहासम्म पुगेको रहेछ जो एक अर्काविना वाच्न नसक्ने कुरा उनीहरुले देखाएपछि मात्र सार्वजनिक भयो । खेमप्रसादले आफनो प्रेमिका रक्षालाई घरमा ल्याउन हर सम्भव प्रयास गरेको रहेछन् भन्ने कुरा समेत घट्नामा संलग्न भएको सुसाइट नोटवाट थाहा पाइन्छ ।

यदपी रक्षाले किन आत्म हत्या गरीन भन्ने वारेमा भने केही वुझ्न नसकिएपनि विवाह गर्ने वारे असमझदारी वढेको कारण दुवैको मृत्यु हुनसक्ने आंकलन गरिएको छ । उनको मृत्युपछि भावविह्वल वनेकी आमाले रुदै भन्दै थिइन् ल्याउछस भने ले भनेर त भनेकै थिएनी । तर आज मलाई नै छाडेर गयौं ।

यता युवतिको आत्महत्यावारे केही कारण खुल्न नसकेपनि उनका प्रेमि बरालले भने युवतीको मृत्यु पछि एक्लै बाच्न नसक्ने र आफनो प्रेम सफल वनाउन आत्महत्या गरेको सुसाइट नोट मार्फत जानकारी गराएका छन् । उनले सुसाइट नोटमा लेखेका छन् रक्षा तीन महिना अघि विरामी पर्दा पनि तिमीले मलाई वचाऔं । आज तिमी यो संसारवाट टाढा भएपनि यो संसार मेरो लागि एक्लो छ ।तिमी विना म कसरी वाच्न सक्छुर त्यसैले तिमीलाई १२ ः१० वजे म भेट्ने छु ।

वरालले आत्महत्या गर्नुपूर्व आफनो किताव माथि एउटा पेपरमा लेखेर छाडेका सुसाइट नोटमा भनेका छन् । सुसाइट नोटमा उनले आफनो जीवनको सर्वस्व रक्षा भएको र उनको आत्महत्याको खवरले आफू चिन्तित भई उनी विना यो संसारमा वाच्नुको अर्थ नरहेको भन्दै आफनो प्रेम सफल पार्न पनि आत्म हत्या गरेको वताएका छन् ।यदपी म मरेपछि मेरो लासलाई पोष्टमार्टम पनि नगर्नु । र रक्षा संगै एउटै चितामा जलाउनु यही नै मेरो खुशी हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web