ओमानलाई ९ विकेटले हराउँदै नेपाल तेस्रो स्थानमा

फाल्गुन १२, २०७८ मा प्रकाशित | 505 views

काठमाडौँ । आईसीसी पुरुष टी २० विश्व कप क्रिकेट ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि भएकाे खेलमा नेपालले ओमानलाई नाै विकेटले हराएकाे छ ।

ओमानले दिएकाे ८८ रनकाे सामान्य लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र एक विकेट गुमाएर पूरा गर्‍याे । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । यस्तै आरिफ शेखले २१ रन बनाए । यसअघि आसिफ शेख १३ रन बनाएर आउट भए । बलिङतर्फ ओमानका जेशान मक्सुदले एक विकेट लिए ।

अलअमिरातमा टस जितेर ब्याटिङ गरेकाे ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्याे । ओमानका लागि कप्तान जेशान मक्सुदले २१, आयन खानले १६ र नसीम खुशीले १५ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले मात्र १३ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी, आरिफ शेख, अविनाश बाेहरा र सागर ढकालले एक–एक विकेट लिए ।

नेपाल विश्व कप छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएको थियो । यस्तै ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web