काठमाण्डौ महानगरको फोहर उठेन, शहर दुर्गन्धीत

फाल्गुन ११, २०७८ मा प्रकाशित | 311 views

काठमाडौँ । काठमाण्डौ महानगरकाे फोहोर दश दिन देखि उठ्न सकेको छैन । फोहोर थुप्रिएपछि शहर दुर्गन्धीत बनेको छ ।

चोक चोकमा फोहोरको थुप्रो छ । वर्षौँ अघि ठेक्का लागे पनि पासाङ ल्हामु राजमार्गको निर्माण सम्पन्न नभएपछि स्थानीय बासिन्दा विरोधमा उत्रिँदा काठमाण्डौमा फोहोरको डङ्गुर थुप्रिन थालेको छ । नुवाकोटको सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै ६ किलोमिटर सडक मर्मत कार्य भैरहेकाले फोहोर उठ्न नसकेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले अझै एक/दुई दिन फोहोर नउठ्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो । सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको र फोहोर उठाउन समस्या भएको उहाँको भनाई छ । डंगोलका अनुसार सिसडोलमा फोहोर फाल्ने विषयमा भने अहिले विवाद छैन । तर स्थानियबासिन्दाले गएको फागनु एक गतेदेखि गाडी रोकेर अवरोध गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web