नक्कली प्रमाणपत्र मुद्दामा पूर्वकप्तान खड्का दोषी ठहर

फाल्गुन ५, २०७८ मा प्रकाशित | 445 views

काठमाडौँ । विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ ।

नेपाली प्रहरीमा जागिर खाँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको ठहर गर्दै विशेष अदालतका न्यायाधीश अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले आज बिहीवार खड्कालाई दोषी ठहर गरेको प्रवक्ता तथा उपरजिस्टार दीपेन्द्रनाथ योगीले जानकारी दिनुभयो ।

खड्कालाई पाँच हजार रुपैयाँ जरिबाना हुने र खाइपाइ आएको सरकारी सेवा सुविधा पनि रोकिने प्रवक्ता योगीले जानकारी दिनुभयो । खड्काको मुद्दामा कैद सजायको व्यवस्था भने नरहेको उहाँले बताउनुभयो ।

हरि खड्काले प्रहरी सहायक निरीक्षकको जागिर खाँदा पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ १२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web