चार देशीय टी–२० श्रृङ्खलामा नेपाल आयरल्यान्डसँग खेल्दै

फाल्गुन २, २०७८ मा प्रकाशित | 620 views

काठमाडौँ । ओमानमा भइरहेको चार देशीय टी–२० श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आयरल्यान्डसँग खेल्दैछ ।

खेल अल अमिरात क्रिकेट मैदानमा दिउँसो पौने चार बजे हुनेछ ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो । आजको खेलसँगै नेपालको आईसीसी टी-२० विश्व कप ग्लोबल छनोट ‘ए’ का लागि सम्पूर्ण तयारी पूरा हुनेछ ।

ओमानमा आउँदो ६ गतेदेखि सुरु हुने आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को तयारी स्वरुप श्रृङ्खला आयोजना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web