करिब पाँच किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

फाल्गुन १, २०७८ 2022-02-13 मा प्रकाशित
Published at 2022-02-13

844 views

काठमाडौँ । अवैध रुपमा ल्याउँदै गरेको करिब पाँच किलो सुनसहित एकजना चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हिमालय एयरको उडानबाट काठमाडौं आएका ३६ वर्षीय झाङ लिलाई ४ हजार ८४० ग्राम सुनसहित शनिबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा चारवटा पोकामा भित्री पोशाकभित्र लुकाई ल्याएको उक्त सुनसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.