हृदयेश त्रिपाठीले दल दर्ताका लागि दिए निवेदन

माघ २८, २०७८ मा प्रकाशित | 507 views

काठमाडौँ । हृदयेश त्रिपाठीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

शुक्रबार आयोग पुगेर त्रिपाठीले आफ्नै अध्यक्षतामा ‘जनता प्रगतिशील पार्टी नेपाल’ दर्ताका लागि निवेदन दिएका हुन् ।

निर्वाचन आयोगका एक अधिकारीका अनुसार उनले ३० सदस्यीय कार्यसमिति पेश गरेका छन् ।

२०७४ सालमा स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठीले सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web