आर्मी र जावलाखेलले १–१ गोलको बराबरी खेले

माघ २८, २०७८ मा प्रकाशित | 455 views

काठमाडौँ । शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रवार भएकाे दाेस्राे खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा आर्मी र जावलाखेलले एक–एक गोलको बराबरी खेलेका हुन् । जावलाखेलका लागि ओन्गुना जुनियरले गोल गरे । आर्मीका लागि सुमन अर्यालले गोल गरे ।

आजकाे बराबरीसँगै आर्मी १० खेलमा १८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । यस्तै उति नै खेल खेलेकाे जावलाखेल नाै अङ्कसहित तालिकाकाे ११ औँ स्थानमा छ ।

आजै भएकाे पहिलाे खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइजलाई पाँच–दुई गोल अन्तरले हरायाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web