त्रिशूली । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)लाई नेपालमा कार्यान्वयन गर्न हुन्न र पेट्रोलियम पदार्थको अस्वभाविक मूल्यबृद्धि विरुद्ध नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज नुवाकोटमा बिरोध -याली र शीर्ष नेताहरुको पुत्ला जलाएको छ ।
नेकपाको जनवर्गीय संगठनहरु अखिल क्रान्तिकारी, युवा संगठन नेपाल, राष्ट्रिय बुद्धिजीवी संगठन नुवाकोट लगायतले सयुक्त रुपमा निकालेको बिरोध -यालीले विदुरमा प्रदर्शन गर्दै एमसिसीलाई राष्ट्रद्धघाती भएकाले नेपालमा कार्यान्वयन गर्न नहुने भन्दै खारेज गर्न माग गरिएको छ ।

प्लेकार्ड सहित गरिएको बिरोध -यालीमा सहभागीले “राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर्न, राष्ट्रिय स्वाधिनताको रक्षा गर्न, अहिलेको सरकार दलाल रहेको यस विरुद्ध संघर्ष गर्ने र बैज्ञानिक समाजवाद स्थापना गर्ने” लगायतका नारा लगाइएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नुवाकोट अध्यक्ष मेगेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार अमेरिकी लगानीमा नेपालमा सञ्चालन गर्न लागिएको एमसिसी खारेज गर्न र पेट्रोलियम पदार्थको बढाइएको मूल्य घटाउन माग गरिएको छ ।
यसैगरी, नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी भातृ संगठन अखिल क्रान्तिकारीले आजै शीर्ष तीन दलका नेताहरुको पुत्ला जलाएको छ ।

विदुरमा बिरोध सभा सम्पन्न भएपछि अखिल क्रान्तिकारीले अमेरिकी लगानीमा नेपालमा सञ्चालन हुन लागेको एमसिसी कार्यक्रम कार्यान्वयनमा सम्झौता गर्ने र साथ दिएको भन्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको हो ।

नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र उसको जनबर्गिय संगठनहरुले अहिले एमसिसी खारेजी र पेट्रोलियम पदार्थको अस्वभाविक मूल्यबृद्धि बिरुद्ध देशब्यापी बिरोध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
26.12¡ÆC