‘ए’ डिभिजन लिगमा पुलिस र च्यासल खेल्दै

माघ २६, २०७८ मा प्रकाशित | 568 views

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज नेपाल पुलिस क्लब र च्यासल युथ क्लब खेल्दैछन् । लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल दिउँसो एक बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुनेछ ।

तालिका अनुसार गएको माघ दुई गतेका लागि तय भएको खेल खेलाडीमा कोभिड–१९ सङक्रमण देखिएपछि स्थगित भएको थियो । लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा छ । समान खेलमा च्यासल ५ अंक जोडेर १३ औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web