काठमाडौँ । आफूलाई भूमि आयोगको मान्छे बताउँदै सुकुम्वासीलाई जग्गा दिने भन्दै ठगी गर्ने दुई जना काठमाण्डौबाट पक्राउ परेका छन् ।
हिजो आइतवार दिउँसो काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ वसन्तनगरबाट झापाका होमनारायण चौधरी र काठमाण्डौका उद्धव भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरी र भण्डारीले आफूहरू भूमि आयोगको मान्छे भएको र जग्गा दिने भन्दै चार आना जग्गा बराबर ५० हजार रुपैयाँका दरले पैसा मागेर फारम भर्न लगाइ पैसा लिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले विभिन्न नक्कली कागजात पनि बरामद गरेको छ । उनीहरूले सङ्गठित रूपमै ठगी गरेको हुन सक्ने शङ्कामा प्रहरीले विस्तृत अध्ययन गरिरहेको छ ।
22.61¡ÆC