काठमाडौ । नेपाली कांग्रेसले नेता डा. प्रकाशशरण महतलाई पार्टी प्रवक्ता बनाएको छ।
कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले कांग्रेस प्रवक्तामा प्रकाशशरण महतलाई नियुक्त गरिएको जानकारी दिएका हुन्। डा.महतलाई सभापति देउवाले आज सोमबार पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन्।
यसअघि पार्टी प्रवक्ता रहेका विश्वप्रकाश शर्मा कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनबाट महामन्त्री बनेका छन्।
25.12¡ÆC