भिजिट भिषामा गएकाहरू खाडी मुलुकमा अलपत्र पर्ने क्रम बढ्यो

माघ २२, २०७८ मा प्रकाशित | 480 views

काठमाडौँ । अवैध रुपमा भिजिट भिसामा विदेश पठाउने र जाने क्रम बढेको छ । कोभिड–१९ का कारण रोजगारी गुमाउनेको संख्या बढीरहेको बेला भिजिट भिसामा पठाई श्रममा लगाउने क्रम बढेको देखिएको छ । जसका कारण भिजिट भिसामा जानेहरु अलपत्र पर्ने गरेका छन् । आकर्षक कामको प्रलोभनमा परी भिजिट भिसाको माध्यमबाट जानेहरु अलपत्र पर्ने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भूसालले बताउनुभयो ।
भूसालका अनुसार भिजिट भिसामा जानेको तथ्यांक विभागमा पनि नहुने भएकाले अफ्ट्यारोमा परे नेपाल ल्याउन समस्या हुन्छ । युएई लगायतका खाडी मुलुकका केही देशमा आर्कषक तलब सुविधाको प्रलोभन देखाई विभिन्न व्यक्ति र संस्थाले भिजिट भिसामा रोजगारीका लागि व्यक्ति पठाइरहेको गुनासो आएको भुसालले बताउनुभयो ।
‘केही व्यक्ति र संस्थाले आकर्षक तलब सुविधाको प्रलोभन देखाई भिजिट भिसामा लगेको पाइएको छ’ उहाँले भन्नुभयो, ‘यस प्रकारको गैरकानुनी प्रक्रिया र बाटो प्रयोग गरी भिजिट भिसामा रोजगारीका लागि पठाउने कार्य रोक्न अनुरोध समेत गरिएको छ।’
विभागले यसअघि श्रम स्वीकृति नलिई छनोट प्रक्रिया शुरु गरेको जनाउँदै आधा दर्जन मेनपावर कम्पनीलाई समेत कारवाई गरिसकेको छ । विभागले भिजिट भिसामा गई काम गर्दा श्रमिकलाई शारीरिक, मानसिक हिंसा, कानुनी अधिकारबाट बञ्चित हुने जनाउदै नजान अनुरोध समेत गरेको उहाँ बताउनुहुन्छ ।
भिजिट भिसामा विदेशमा श्रम गर्न जानु अवैधानिक भन्दै भिजिट भिसामा गएका व्यक्तिहरुको सेवा, शर्त तथा सुविधाका सम्बन्धमा वैदेशिक रोजगार ऐन तथा नियमावली, २०६४ आकर्षित नहुने र उक्त व्यक्तिलाई शारिरीक, मानसिक हिँसा भएमा वा कानुनी जटिलता गन्तव्य मुलुकमा उत्पन्न भएमा स्वयम् व्यक्ति नै जिम्मेवार हुने घिमिरेले बताउनुभयो ।
खाडीका अन्य देशको तुलनामा युएईमा भिजिट भिसामा गई रोजगारी गर्नेको संख्या बढदै गएर अलपत्र पर्ने गरेका छन्। विगत लामो समयदेखि भिजिट भिसा नेपाली जाने गरे पनि यसको व्यवस्थापन गर्न सकिएको छैन।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले पनि पछिल्लो समयमा भिजिट भिसामा गएर काम गर्ने व्यक्तिहरु अलपत्र परेको गुनासो आउने गरेको बताउनुभयो । भिजिट भिसामा गएर श्रम गर्नेहरु अवैधानिक ठहरिने भएकाले यस्तो कार्य गैरकाूनी हुने घिमिरे बताउनुहुन्छ । महिलाको तुलनामा पुरुषको गुनासो बढी आउने गरेको उहाँ बताउनुहुन्छ ।
भिजिट भिसामा विदेशमा श्रम गर्न जानु अवैधानिक भन्दै भिजिट भिसामा गएका व्यक्तिहरुको सेवा, शर्त तथा सुविधाका सम्बन्धमा वैदेशिक रोजगार ऐन तथा नियमावली, २०६४ आकर्षित नहुने र उक्त व्यक्तिलाई शारिरीक, मानसिक हिँसा भएमा वा कानुनी जटिलता गन्तव्य मुलुकमा उत्पन्न भएमा स्वयम् व्यक्ति नै जिम्मेवार हुने प्रवक्ता घिमिरे बताउनुहुन्छ ।
उहाँले भन्नुभयो,‘भिजिट भिसामा गएर लुकिछिपी रोजगारी गर्नु गैरकानूनी काम हो ।यस्ता व्यक्तिलाई कुनै समस्या परे बैदेशिक रोजगार ऐन,२०६४ आकर्षित नहुने भएकाले जाने स्वम् व्यक्ति नै जिम्मेवार हुन्छ
तर, हाल मन्त्रालयले विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउन लविङ् गरिरहेको घिमिरे बताउनुहुन्छ ।
भिजिट भिसामा जाने नेपालीलाई अध्यागमन विभागले सोधपुछ गर्ने भए पनि श्रम गर्न गएको भन्ने प्रमाण नदेखिने भएका कारण कारवाही अघि बढाउन नसकिएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web