फिफा विश्वकप छनोटमा ब्राजिलले पाराग्वेलाई ४-० ले हरायो

माघ १९, २०७८ मा प्रकाशित
Published at 2022-02-02

382 views

काठमाडौं। कतारमा हुने फिफा विश्वकप फुटबल दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पाराग्वेलाई ४–० गोलले हराएको छ । ब्राजिलका राफिन्हा, फिलिपे कोउटिन्हो, एन्टोनी र रोड्रिगोले एक/एक गोल गरे ।

जितसँगै ब्राजिलले १५ खेलमा ३९ अंक जोडेको छ । ब्राजिल छनोटको शीर्ष स्थानमा छ । ब्राजिलले यसअघि नै विश्वकपमा स्थान बनाइसकेको छ । पाराग्वे १३ अंक जोडेर नवौं स्थानमा छ ।

अर्को खेलमा इक्वेडर बराबरीमा रोकिएको छ । इक्वेडरले पेरुसँग एक/एक गोलको बराबरी खेलेको हो । सुरुआती गोल गरेको इक्वेडरले अग्रता जोगाउन सकेन । खेलको दोस्रो मिनेटमा नै माइकल एस्ट्राडाले गोल गरी इक्वेडरलाई अग्रता दिलाएका थिए । तर, खेलको ६९ औं मिनेटमा एडिसन फ्लोरेसले गोल गरेर पेरुलाई एक/एक गोलको बराबरीमा ल्याएका थिए । बराबरीसँगै इक्वेडरले १६ खेलमा २५ अंक जोडेको छ । इक्वेडर तालिकाको तेस्रो स्थानमा रहेको छ । पेरु २१ अंक जोडेर पाँचौं स्थानमा छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.