
धादिङ । धादिङको नीलकण्ठ १४ पात्लेमा माघ ८ गते देखि १५ गते सम्म भएको जिल्ला कैं सर्वाधिक पुरस्कार राशीको आठौं मानबहादुर मेमोरिएल कप उपाधी नुवाकोटको दाङसिङ युवा क्लवले जितेको छ ।
विद्यार्थी उपकार संघ पात्लेले आयोजना गरेको यस प्रतियोगितामा धादिङ नेत्रावती डवजोङ सेमजोङको डब्जोङ क्षेत्र संरक्षण समाजलाई १(२ को गोल अन्तरले मानबहादुर मेमोरिएल कप उपाधी नुवाकोटको दाङसिङ युवा क्लवले जितेको हो ।
यो जित सँगै दाङसिङ युवा क्लव नुवाकोटले नगद १ लाख २५ हजार पुरस्कार हात पारेको छ भने उपविजेता मै चित्त बुझाउन बाध्य भएको धादिङको डब्जोङ क्षेत्र संरक्षण समाज ६० हजार जितेको छ ।
सेमिफाईनल पुग्नबाट रोकिएका दुई क्लवहरु सुर्योदय युवा क्लव धादिङ र मेगाङ युवा क्लव नुवाकोटले सान्तोना स्वारुप २०–२० हजार पाए ।
२९ वटा क्लवहरुले भाग लिएको यस प्रतियोगिता विगत ८ वर्ष देखि हरेक माघ महिनामा विद्यार्थी उपकार संघले संस्थापक अध्यक्ष स्वर्गिय मानबहादुर तामाङको नाममा यो प्रतियोगिता गर्दै आएको संघका उपाध्यक्ष सुरेश तामाङले जानकारी दिनुभयो ।