‘आहा रारा’ गोल्डकपको उपाधि एपीएफलाई

माघ १५, २०७८ मा प्रकाशित | 454 views

पोखरा । पेनाल्टीमा मनाङलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ । पोखरा रंगशालामा भएको खेलमा पेनाल्टीमा मनाङलाई ५–४ गोलले हराउँदै एपीएफले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको हो ।

यसअघि खेलको निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । विजेता एपीएफले १० लाख १ हजार रुपैयाँ र दोस्रो भएको मनाङले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web