बेलायतको राजदूतमा आचार्य नियुक्त

माघ १४, २०७८ मा प्रकाशित
Published at 2022-01-28

233 views

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी छिन् ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी हुन् ।

सचिवबाट अवकाश पाएका आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर काम गरेका व्यक्ति हुन् । शेरबहादुर देउवाले नै २०७४ सालमा प्रधानमन्त्री हुँदा आचार्यलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.