आठ हजार १७ जनामा कोरोना पुष्टि

माघ १३, २०७८ मा प्रकाशित | 458 views

काठमाडौँ । पछिल्लाे २४ घण्टामा काेराेना सङ्क्रमणबाट १५ जनाकाे ज्यान गएकाे छ । याेसहित काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार ६ सय ८७ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै थप आठ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी २१ हजार आठ सय आठ जनाकाे नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

२४ घण्टामा पाँच हजार दुई सय ९२ जना निकाे भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या आठ लाख ३७ हजार चार पुगेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा आजसम्म सक्रिय सङ्क्रमितकाे सङ्ख्या ९० हजार पाँच सय ७६ रहेकाे छ ।

यसैबीच २४ घण्टामा पाँच लाख ५४ हजार पाँच सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा खाेपकाे तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा लगाइएकाे छ । जसमध्ये एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले कम्तीमा एक मात्रा र एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जनाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web