मच्छिन्द्रलाई हराउँदै एपीएफ फाइलनमा

माघ १२, २०७८ मा प्रकाशित | 438 views

कास्की । मच्छिन्द्र फुटबल क्लबलार्ई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकपको फाइलनमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रलाई तीन–एक गोल अन्तरले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । ७१ औँ मिनेटमा खेलाडी करिम रातो कार्ड खाँदै बाहिरिएपछि मच्छिन्द्र क्लब १० खेलाडीमा सीमित थियो ।

एपीएफका खेलकाे २५ औँ मिनेटमा सनिश श्रेष्ठ, ७७ औँ मिनेटमा प्रदीप लामा र इन्ज्युरी समयको सातौँ मिनेटमा नवीन लामाले गोल गरे । मच्छिन्द्रका लागि खेलकाे ४० औँ मिनेटमा ओमोलाजा नुरेन करिमले गोल गरे ।

एपीएफले अब फाइनलमा मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ । प्रतियोगितामा १० टोली सहभागी छन् । फाइनल खेल शनिवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web