पुलिस क्लबलाई हराउँदै मनाङ सेमिफाइनलमा

माघ ९, २०७८ मा प्रकाशित | 487 views

कास्की । मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज आइतवार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई–शून्य गाेल अन्तरले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङलाई जिताउन ६४ औँ मिनेटमा रुपेश केसी र ८८ औँ मिनेटमा ओवालाले हाफिजले गोल गरे ।

मनाङले अब सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । आज हारेको पुलिस भने प्रतियाेगिताबाट बाहिरिएको छ । १० टाेली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web