लुम्बिनी अस्पताल र पत्रकार महासंघबीच सम्झौता

माघ ९, २०७८ मा प्रकाशित | 287 views

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोना परीक्षण र उपचारसम्बन्धी सम्झौता गरेको छ ।

कोरोना संक्रमण जाँच र उपचार सहजरुपमा मिलाउने उद्देश्यले आइतबार अस्पतालमा सम्झौता भएको हो । सम्झौता अनुसार महासंघका सदस्य पत्रकारहरूको पीसीआर परीक्षण निःशुल्क गर्ने तथा एचडियू र आईसीयूका एक/एक बेड पत्रकारलाई निःशुल्क उपलब्ध हुने छ ।

महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालबीचमा भएको सम्झौता अनुसार सबै सेवा लिनका लागि महासंघको सिफारिस चाहिने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web