नेपालद्वारा अफगानिस्तानमा सहायता सामग्री हस्तान्तरण

माघ २, २०७८ मा प्रकाशित | 580 views

काठमाडौँ । मानवीय सङ्कटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

आज बिहान विमानमा सहायता सामग्री लिएर अफगानिस्तान पुगेको नेपाली टोलीले काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा रहेकाे संयुक्त राष्ट्रसङ्घका महासचिवका उपविशेष प्रतिनिधि तथा अफगानिस्तानका लागि मानवीय तथा विकास संयोजक रामिज अलकबरोबलाई सहयोग हस्तान्तरण गरेको हो ।

आज परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तानी जनतालाई आवश्यक औषधि, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको थियो । सहायता हस्तान्तरण गरेर टाेली नेपाल फर्किएको छ।

अफगानिस्तानका जनताका लागि सहायता सामग्री हस्तान्तरण गर्न पाउनु नेपालको लागि गाैरवको विषय भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनु भयो ।

उहाँले मानवीय सहायता उपलब्ध गराउने काम परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलबाट मात्रै सम्भव भएको बताउनु भयाे ।

त्यस्तै काबुलसम्मको यात्राका लागि विमान चार्टर्ड गरेकोमा हिमालयन एयरलाइन्सका क्याप्टेन प्रमेश सिंहले सरकारको मिसनमा सहभागी हुन पाउँदा खुसी लागेकाे बताउनुभयो । अफगानिस्तानमा गएकाे अगष्टमा तालिबानले आफ्नो हातमा सत्ता लिएपछि त्यहाँ आर्थिक तथा मानवीय सङ्कट उत्पन्न भएको छ । अफगानिस्तानमा अहिले खाद्यान्नको अभाव हुनुका साथै लाखौँ बालबालिकालाई कुषोषण हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web