नेपालले अफगानिस्तानमा सहायता सामग्री पठाउँदै

माघ १, २०७८ 2022-01-15 मा प्रकाशित
Published at 2022-01-15

697 views

काठमाडौँ । नेपालले अफगानिस्तानमा सहायता सामग्री पठाउने भएको छ । मानवीय सहायता सामग्रीसहित नेपाली टोली भोलि बिहान अफगानिस्तान जाने भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार भोलि बिहान हिमालयन एयरलाइन्सको चार्टड विमानबाट परराष्ट्रको टोली त्यहाँ जान लागेको हो ।

नेपाली टोली अफगानिस्तानको राजधानी काबुल पुगेर सहयोग हस्तान्तरण गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री नारायण खड्काले भोलि बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर टोलीलाई काबुल पठाउने तयारी छ ।

दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) अध्यक्ष देश नेपालले सदस्य देश अफगानिस्तानलाई सहयोग गर्न लागेको हो । अफगानिस्तानमा पछिल्लो समय मानवीय संकट बढ्दै गएको छ । यसअघि संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा सहयोगका लागि अपिल गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.