दोस्रो संस्करणको टाइगर कप भलिबलमा महिलातर्फको उपाधि एपीएफलाई

माघ १, २०७८ मा प्रकाशित
Published at 2022-01-15

26 views

काठमाडौँ । दोस्रो संस्करणको टाइगर कप भलिबलमा महिला तर्फको उपाधि एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सेटमा हराएको हो । उपाधिसँगै एपीएफले ट्रफीसहित ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.