‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी पराजित

पुस ३०, २०७८ मा प्रकाशित
Published at 2022-01-14

47 views

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा सातदोबाटो युथ क्लबले मनाङलाई २–१ गोलले हराएको हो ।

सातदोबाटोका मार्टिन एडिल्फे सिलो र मार्टिन्स अजयीले एक/एक गोल गरे । मनाङका आफिज ओलावालेले एक गोल फर्काए ।

सातदोबाटोले मनाङलाई पहिलो पटक हराएको हो । जितसँगै सातदोबाटोले ९ खेलमा १२ अङ्क जोडेको छ ।

सातदोबाटो लिगको छैटाैँ स्थानमा उक्लिएको छ । मनाङको ९ खेलमा १९ अङ्क छ । मनाङ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.