प्रधानमन्त्री कप क्रिकेटमा वाग्मतीले प्रदेश-२ लाई ५ विकेटले हरायो

पुस ३०, २०७८ मा प्रकाशित
Published at 2022-01-14

44 views

काठमाडौँ । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले प्रदेश-२ लाई ५ विकेटले हराएको छ ।

आज त्रिवि मैदानमा भएको दोस्रो खेलमा वाग्मतीले प्रदेश-२ लाई हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाएको हो ।

प्रदेश-२ ले दिएको १ सय ५६ रनको लक्ष्य वाग्मतीले अन्तिम दुई बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । समूह ‘बी’ मा वाग्मतीले तीन मध्ये दुई खेल जित्दै चार अङ्क जोडेको छ ।

चारमध्ये तीन खेलमा पराजित प्रदेश-२ प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’ मा चारवटै खेल जित्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.