त्रिशूली । भूमि सम्बन्धि समस्या समाधान आयोगको नुवाकोट अध्यक्षमा अजुर्नप्रसाद न्यौपाने चयन हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको आयोगको पदाधिकारीलाई हटाएको कारण रिक्त रहेको भूमि सम्बन्धि समस्या समाधान आयोगको नुवाकोटको अध्यक्षमा अजुर्नप्रसाद न्यौपानेलाई नियुक्ती गर्ने निर्णय गरेको हो । नुवाकोट लगायतको जिल्लाका आयोगको अध्यक्षमा नियुक्ती भएकाहरुलाई शुक्रबार सपथ ग्रहण कार्यक्रम राखिएको छ । अध्यक्षको सपथ पश्चात अध्यक्षबाट एक् जना विज्ञ सदस्य सहित दुई जना सदस्य नियुक्त गर्ने कानूनी प्राबधान रहेको छ । यसअघिको शेरबहादुर देउवाको सरकारमा सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्षको जिम्मेवारी पाउनुभएका अर्जुनप्रसाद न्यौपानेले कार्यालय स्थापना समेत गर्न नपाउदै त्यसलगत्तै बनेको नेकपाको सरकारले आयोग नै भङ्ग गरिदिएको थियो ।
त्यसपछि लामो समयदेखि रिक्त रहेको भूमि सम्बन्धि समस्या समाधानको लागी भन्दै केपी शर्मा ओलीले भूमि सम्बन्धि समस्या समाधान आयोग गठन गदैै केन्द्रीय अध्यक्षमा देवीप्रसाद ज्ञावली चयन गर्दै नुवाकोटको जिम्मेवारी बिन्दा ढुङ्गानालाई दिइएको थियो ।
बिन्दा ढुङ्गाना अध्यक्ष रहेको समयमा गएको वर्ष जिल्लाको सबै पालिकाहरुसंग सम्झौता गर्दै सुकुम्बासीलाई पूर्जा वितरणको तयारी अन्तिम चरणमा पुराएलगत्तै काम गर्न नपाई पदाधिकारीलाई पदमुक्त गरिइएको थियो । गएको साउनदेखि रिक्त रहेको आयोगमा पुनः जिम्मेवारी दिने क्रममा ककनी गाँउपालिका वडा नं. १ घर भएका नेपाली काँग्रेसको वर्तमान महाधिवेशन प्रतिनिधि तथा पूर्वक्षेत्रीय सभापति समेत रहनुभएका अर्जुनप्रसाद न्यौपानेलाई आयोगको नुवाकोट अध्यक्षको जिम्मेवारी दिइएको हो ।
20.84¡ÆC