लुम्बिनीलाई हराउँदै वाग्मतीको विजयी सुरुवात

पुस २६, २०७८ मा प्रकाशित
Published at 2022-01-10

468 views

काठमाडौँ । वाग्मती प्रदेशले लुम्बिनी प्रदेशमाथि ४९ रनको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

आज साेमवार भएकाे खेलमा एक सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ दशमलव ४ ओभरमा ६५ रनमै समेटियो । कप्तान कृष्ण कार्कीले १६ र बसिर अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । वाग्मतीका लागि नन्दन यादवले तीन विकेट लिए । यस्तै रामनरेश गिरी, तिलक भण्डारी र सुवास खत्रीले समान दुई/दुई विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वाग्मतीले २० ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएकाे थियाे । वाग्मतीका लागि सुवास खुकुरेलले ५१ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भए । लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले दुई/दुई विकेट हात पारे ।

प्रतियोगितामा भाेलि मङ्गलवार पनि चार खेल हुनेछन् । मुलपानी र कीर्तिपुर मैदानमा गरी दुई/दुई खेल हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.