हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार पाँचौँ स्थानमा उक्लियो

पुस २५, २०७८ मा प्रकाशित
Published at 2022-01-09

60 views

काठमाडौँ । थ्री स्टार फुटबल क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा आज आइतवारको खेलमा हिमालयन शेर्पालाई हराएकाे छ ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालमा भएकाे खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई दुई–शून्य गाेलले हराएकाे हाे । थ्री स्टारलाई जित दिलाउन अघिल्लो खेलमा मात्र अनुबन्ध भएका घानेफो अन्सुमाना क्रोमाले एक गोल गरे भने अर्काे एक गोल आत्मघाती उपहार पाएको थियो । हिमालयन शेर्पाका गाेलरक्षक अमृत श्रेष्ठले क्लियर गर्ने खोजेको बल गोलमा परिणत हुँदा थ्री स्टारले ५६ औँ मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । थ्री स्टारका ऋतिककुमार खड्काले अघि बढाएको बल अमितलाई लाग्दै गोलमा परिणत भएको थियो ।

त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पा खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन । १० मिनेट थपिएको इन्जुरी समयको छैटौँ मिनेटमा अन्सुमानाले गोल गर्दै थ्री स्टारलाई दुई–शून्यको जित निश्चित गराए ।

याे जितसँगै थ्री स्टारले आठ खेलमा १३ अङ्क जोडेको छ । थ्री स्टार पाँचौँ स्थानमा उक्लिएको छ । हिमालयन शेर्पाकाे आठ खेलमा ११ अङ्क छ । शेर्पा छैटौँ स्थानमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.