‘ए’ डिभिजन लिगमा आर्मीले एनआरटीलाई १–० गोलले हरायो

पुस २४, २०७८ मा प्रकाशित | 396 views

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिम (एनआरटी)लाई १–० गोल अन्तरले हराएको हो ।

आर्मीका लागि दिनेश हेन्जनले १७औँ मिनेटमा गोल गरे ।

आजको जितसँगै आर्मीले ८ खेलमा १४ अङ्क जोडेको छ । आर्मी लिगको चौथो स्थानमा रहेको छ ।

एनआरटी आठ खेलमा १० अङ्क जोडेर सातौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web