सङ्कटा र सातदोबाटोबीचको खेल १–१ गोलको बराबरीमा सकियो

पुस २३, २०७८ मा प्रकाशित
Published at 2022-01-07

57 views

काठमाडौँ । शहीद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत आज शुक्रवारदेखि सुरु भएको आठौँ चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा सकिएकाे छ ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले एक–एक गोलकाे बराबरी खेलेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक–एक गोल गरेका थिए ।

सातदोबाटोका लागि सुशील राईले २३ औँ मिनेटमा गोल गर्दै टाेलीलाई एक–शून्य अग्रता दिलाएका थिए । सातदोबाटोको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ३२ औँ मिनेटमा सङ्कटाका लागि जयाले गोल गर्दै खेललाई एक–एक को बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि खेल एक–एक गोलको बराबरीमा सकिएकाे हेा ।

याे बराबरी खेलसँगै अपराजित रहेको सङ्कटा आठ खेलबाट १४ अङ्क जोडेर अङ्कतालिकाको तेस्रो स्थानमा छ भने समान खेल खेलेको सातदोबाटो नाै अङ्क जोडेर तालिकाको आठौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.