४५ किलो गाँजासहित दुई जना पक्राउ

पुस २२, २०७८ मा प्रकाशित | 475 views

मकवानपुर । मकवानपुर प्रहरीले ४५ किलो गाजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-२ का ४२ वर्षीय भक्तबहादुर थापा मगर र मनहरी गाउँपालिका ५ का ४१ वर्षीय हिरालाल गुरुङ रहेका छन् ।

विषेश सूचनाको आधारमा प्रहरीले पुर्वपश्चिम लोकमार्गको मनहरी-९ मा हिडिरहेका उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुमाथि थप अनुसान्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web