प्रधानमन्त्री देउवा आइतवार भारत भ्रमणमा जाँदै

पुस २१, २०७८ 2022-01-05 मा प्रकाशित
Published at 2022-01-05

660 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतवार भारत भ्रमणमा जानुहुने भएको छ । मन्त्रिपरिषद्को आज बुधवार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको छ ।

पाँचौँ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री देउवा गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’ मा भाग लिन भारत भ्रमणमा जान लाग्नुभएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा कुराकानी हुने बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.