भारतले जित्यो यू–१९ एसिया कपको उपाधि

पुस १६, २०७८ मा प्रकाशित | 373 views

काठमाडौँ । भारतले यू–१९ एसिया कपकाे उपाधि जितेकाे छ । दुबईमा आज शुक्रवार भएकाे फाइनल खेलमा श्रीलङ्कालाई नाै विकेटले हराउँदै भारतले यू–१९ एसिया कपकाे उपाधि जितेकाे हाे ।

वर्षाले प्रभावित खेलमा भारतीय टाेलीले जितका लागि ३८ ओभरमा एक सय दुई रनकाे लक्ष्य पाएकाे थियाे । भारतका लागि आङ्क्रिश रघुवंशीले ५६ र शैक रशीदले ३१ रन बनाए ।

यसअघि श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ गर्दै ३८ ओभरमा नाै विकेट गुमाएर एक सय ६ रन बनायाे । तर डकवर्थ लुइस नियमकाे आधारमा भारतले ३८ ओभरमा एक सय दुई रनकाे पाएकाे थियाे । श्रीलङ्काका लागि यसुरु राेड्रिगाेले १९ र रविन डी सिल्भाले १५ रन बनाए । बलिङतर्फ भारतका विक्की वस्तलले तीन र काैशल ताम्बेले दुई विकेट लिए ।

याेसँगै भारत यू–१९ एसिया कपमा आठाैँ पटक विजेता बनेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web