त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्द

पुस १४, २०७८ मा प्रकाशित | 610 views

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आज बुधवार बेलुकीका सबै आन्तरिक उडान रद्द भएका छन् । वायु सेवा कम्पनीहरूले सूचना निकालेर मौसम खराबीका कारण बेलुका ४ बजेपछिका सबै रात्रिकालीन उडान रद्द भएका जानकारी गराएका हुन् ।

यसैबीच हिजाे मङ्गलवार रातिदेखि भएको वर्षा र हिमपातका कारण काठमाण्डौको त्रिभुवन विमानस्थलबाट हुने ३५ वटा उडान रद्द भएका छन् । आजका लागि ६५ वटा उडान तोकिएकोमा ३५ वटा उडान रद्द भएका विमानस्थलका सन्दीप न्यौपानेले जानकारी दिनुभयो ।

काठमाण्डौमा पनि मौसम खराब भएको छ भने उपत्यकाबाहिरका विमानस्थलमा हिउँ परेकोले तथा भिजिविलिटी कम भएकोले धेरैजसो उडान रद्द भएका हुन् । अन्तराष्ट्रियतर्फका उडान भने नियमित भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web