माओवादी केन्द्रको महाधिवेशन लम्बिने

पुस १३, २०७८ मा प्रकाशित | 353 views

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठाैँ महाधिवेशन लम्बिने भएको छ । अस्ति आइतवार देखि सुरु भएको महाधिवेशन १५ गते सक्ने कार्यतालिका थियो । तर अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न बनाइएका २५ वटा समूहलाई थप समय दिनुपर्ने भएकाले महाधिवेशन १६ गतेसम्म लम्बिने स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले स्थायी कमिटी सदस्य र प्रदेश इन्चार्जहरूले समूहगत छलफल चलिरहेका समूहमा गएर सहजीकरण गर्ने निर्णय गरेकोे पनि पौडेलले जानकारी दिनुभयो ।

यस्तै केन्द्रीय कमिटीमा क्लस्टरकाे आधारमा युवा, मुस्लिम, महिला, जनजाति लगायतको प्रतिशत र संविधानमा व्यवस्था गरिएअनुसार समानुपातिक प्रतिनिधित्वका लागि नाम सङ्कलन गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web