नेपाली महिला टोलीले जित्यो एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि

पुस १३, २०७८ मा प्रकाशित | 354 views

काठमाडौँ । नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेकाे छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईकाे सेटमा हराउँदै नेपालले उपाधि जितेकाे हाे ।

बङ्गलादेशकाे मिरमुरमा रहेकाे शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएकाे खेलमा नेपालले पहिलाे सेट २५–२४ ले जित्याे । यस्तै दाेस्राे सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयाे ।

त्यस्तै तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्याे । याेसँगै खेल २–२ काे अवस्थमा पुग्याे ।

त्यसपछि पाँचौँ सेट नेपालले १५–१० ले जित्दै उपाधि जितेकाे हाे । यस संस्करणमा नेपाल अपराजित रहँदै उपाधि हात पार्न सफल भयाे ।

नेपाल गएकाे संस्करणकाे पनि विजेता हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web